
हेटौंडा \ मकवानपुर प्रहरीले २० किलो चरेस र १० किलो गाँजासहित ३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाडि चालक मकवानपुरको राक्सिराङ–६ का ३३ बर्षीय सन्तबहादुर थिङ, २७ बर्षीय ललितबहादुर थिङ र चितवन राप्ति नगरपालिका वडा नम्बर ११ का २८ बर्षीय रामबहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु३च ९७४ नम्बरको पिकअप गाडिलाई जाँच गर्दा लुकाईको अवस्थामा २० किलो ५०० ग्राम चरेस र १० किलो गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।








