मुख्य खबरसमाचारफिचर

एक सय ८३ किलो गाँजा सहित सिंतान पक्राउ

संवाददाता

 खबरबाकस \ मकवानपुरमा तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन्, ।

सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश -३-०१ ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एंव प्रहरी निरिक्षक राजकुमार सापकोटाले बताएका छन्, ।

सवारी साधन, गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उक्त लागुऔषध गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षका रामचन्द्र सिंतानलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।