मुख्य खबरसमाचारफिचर

गिंगुको खानी क्षेत्र निरिक्षण गर्दै प्रजिअ पाण्डेले भने सामाजिक उत्तरदायित्व निर्वाह गरौं

मणिराज गौतम

 खबरबाकस \ मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गिंगुमा रहेको ढुङ्गा खानीको विवादित विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्लाका सुरक्षा निकाय लगायतको सहभागितामा स्थलगत निरिक्षण गरिएको छ ।

विहीबार गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, नेपाल आर्मीका सेनानी गुणराज अधिकारी, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ, गाउँपालिका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले खानी निरिक्षण गर्दै खानी क्षेत्रका स्थानीय बासीहरु सँग छलफल समेत गरेको थियो ।

छलफलमा खानी सञ्चालक मोतीदान कन्ट्रक्सनका रामबहादुर गौतम, बानियाँ निर्माण सेवाका नवराज खतिवडा रिद्धि सिद्धी सिमेन्ट उद्योगका अच्युत पराजुली लगायतको सहभागिता रहेको थियो । छलफलमा स्थानीय खानी पिडीतले खानीमा ढुङ्गा उत्खनन् गर्दा परि आएको जोखिम, खानेपानी, सिचाई, मुआब्जा र रोजगारको विषयको माग राखेका थिए ।

No description available.

उनीहरुले खानी बन्द गर्ने आफुहरुको कुनै आशय नभएको भन्दै जग्गाजमिन कम भएकोले आफुहरुलाई अन्य स्थानमा स्थान्तरण गर्नमा व्यवस्थापन गर्न माग गरेका छन् । पुरानो दरमा अहिले जग्गा विक्री गर्न नसक्ने भन्दै यस्ता समस्याको समाधानमा खानी सञ्चालकलाई आग्रह गरेका थिए ।

त्यस्तै, खानी सञ्चालकले स्थानीयको समस्यालाई तत्काल सम्बोधा गर्न आफुहरु तयार रहेको बताउदैं खानी उत्खनन् गर्दा बस्ती संरक्षणका लागि आवशयक चेकड्याम निर्माण गरि खानी सञ्चालन गरिने, खानेपानीको व्यवस्था गरिने, दक्षता हेरेर स्थानीयलाई रोजगारीको दिने लगायतका अन्य समस्याहरुको समेत समाधान गर्ने कम्पनीका रामबहादुर गौतमले बताए ।

छलफलमा गाउँपालिकाका अध्यक्ष मल्लले यस अघि भएको १० बुदेँ सम्झौता कार्यान्वयमा खानी सञ्चालक र स्थानीयबासी लाग्नुपर्ने बताए । उनले कर्णाली जस्तो विकट राक्सिराङलाई खानीले गर्दा विकास निर्माणका धेरै कामहरु भइरहेको बताए ।

No description available.

छलफलको क्रममा प्रजिअ पाण्डेले गाउँमा उद्योग व्यवसायी आउनु भनेको अवसर र चुनौती दुबै रहेकाले सौहार्दपूर्ण रुपमा खानी सञ्चालनका लागि स्थानीयले सहजिकरण गरिदिन आग्रह गरेका थिए । उनले प्रभावित क्षेत्रका स्थानीयहरुको समस्या तत्काल समाधान गर्न खानी क्षेत्रलाई निर्देशन दिएका थिए ।

खानीले सामाजिक उत्तरदायित्व निर्वाह गरिनुपर्ने, समुदायलाई मर्कामा पारेर खानी सञ्चालन गर्न नहुने, विस्तापितहरुलाई व्यवस्थापन गर्न सहजिकरण गरिनुपर्ने बताउदैं आफ्ना समस्याहरु भए सम्बन्धित ठाउँमा पेश गर्न आग्रह गर्दै अपराधिक क्रियाकलाप नगर्न स्थानीयलाई अनुरोध गरेका थिए ।

No description available.