मुख्य खबरसमाचारफिचर

मउवा संघद्धारा व्यवसायीलाई सहयोग

संवाददाता

सिधाखबर  \ मकवानपुर उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हित कोषबाट बिहीबार एक व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र व्यवसायी हितकोष व्यवस्थापन समितिका संयोजक अनिलभक्त श्रेष्ठको संयोजनमा एक कार्यक्रम आयोजना गरी पचास हजार रुपैयाँ सहयोग गरिएको हो ।

हेटौंडा–८ मा आरके किराना स्टोर्सको नामबाट व्यवसाय गर्दै आउनुभएका रामकृष्ण लामिछानेको पसलमा आगलागी भई ठूलो क्षति पुगेको थियो । उहालाई संघको कार्यालयमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

संघले २०७२ सालमा व्यवसायी हितकोष स्थापना गरी दैवी विपत्ति परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । संयोजक अनिल भक्त श्रेष्ठले हितकोषमा पर्याप्त रकम जम्मा गर्न सकेमा सहयोग राशी बढाउन सकिने बारे चर्चा गरेका थिए ।