
खबरबाकस \ मानव अधिकारकाे विषयमा तीन दिने पत्रकारिता तालिम भक्तपुरमा अाइतबारबाट सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार अायाेग बागमती प्रदेश कार्यालयकाे अायाेजनामा बागमती प्रदेश स्तरीय मानव अधिकार र पत्रकारिता सम्बन्धि तालिम सुरु भएको हाे ।
अायाेगका सह सचिव यज्ञप्रसाद अधिकारीकाे सभाअध्यक्षता तथा अायाेगका अध्यक्ष तपबहादुर मगरकाे प्रमुख अतिथ्यतामा तालिमकाे उद्घाटन भएको थियाे ।
तालिममा प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक पत्रकारहरुकाे सहभागीता रहेकाे छ ।
उद्घाटन कार्यक्रममा अायाेगका सचिव मुरारी प्रसाद खरेल , नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, काठमाडौंका अध्यक्ष सुर्य सुवेदी, वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेत लगायतकाे अातिथ्यता रहेकाे थियाे ।
तीन दिन सम्म सञ्चालित हुने तालिममा प्रदेश अायाेगका सह सचिव यज्ञप्रसाद अधिकारी, अायाेगका सचिव मुरारी प्रसाद खरेल, अायाेगका बबिता बस्नेत, तारानाथ दाहाल, काशीराज दाहाल, शिव गाउँले,रुप सुनार, ध्रुवहरि अधिकारीले प्रशिक्षण तथा सहजिकरण गरिने कार्यतालिका रहेकाे छ ।








