मुख्य खबरसमाचारफिचर

उपमहानगरद्धारा सन्दुक रुइत देखि सफाइ मजदुर सम्म सम्मानित

हेटौंडा उपमहानगरको दशौं नगरसभा बैठक

संवाददाता

हेटौंडा \  हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभा बैठकका अवसरमा आज डाक्टर सन्दुक रुइत देखि हेटौंडा बजार क्षेत्रका सफाइ कर्मचारी सम्मलाई सम्मान गरिएको छ ।

नगरसभा बैठकका अवसरमा आज दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफलतासंगै आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डान्दुक रुइतलाई सम्मान गरिएको छ । उहाँ आउन नपाएपछी नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ मार्फत डाक्टर रुइतको सम्मानपत्र पठाइएको छ ।

आजको कार्यक्रममा ललितकलाका माध्यमबाट आफ्नो विशिष्ट पहिचान बनाउन सफल हेटौंडा–१८ का मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरिएको छ । यसैगरी अन्तराष्ट्रिय खेलजगतमा पहिचान बनाउन सफल हेटौंडाका खेलाडीहरु हेटौंडा–१० का अन्जन विष्ठ, हेटौंडा–१४ का सुनिल बल, हेटौंडा–१८ का आयुष घलानलाई सम्मान गरिएको छ । यस्तै राष्ट्रिय वक्सिङ खेलाडी पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेलाई सम्मान गरिएको छ ।

यसैगरी हेटौंडा–७ मा आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र सञ्चालन गरी बौद्धिक अपाङ्गता संरक्षण र विकासका क्षेत्रमा काम गर्ने आइना वाका न्यौपानेलाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगद ३५ हजार रुपैयाँका दरले सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्लाह, प्रमाणपत्रसहित सम्मान गरिएको छ । उहाँलाई मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा र प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले सम्मान गर्नुभयो ।