मुख्य खबरसमाचारफिचर

बागमती कृषि मन्त्रालयको ५१ बुँदे मार्गचित्र : अनुदान दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने

संवाददाता

मन्त्रालयले ५१ बुँदे कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रको रुपान्तरण मार्गचित्र–२०७८ सार्वजनिक गरेको हो । मार्गचित्रमा प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रलाई कस्तो बानइने, कृषकहरुमा कार्यक्रम कार्यान्वयन कसरी गरिने र कृषिक्षेत्रको विकासको मोडललाई मन्त्रालयले कसरी अघि बढाउने भन्ने मूलभूत विषय समेटिएका छन् । मार्गचित्रमा विगतमा प्रदान भएका अनुदानको एक उच्चस्तरीय अध्ययन टोली गठन गरिने भएको मन्त्री हुमागाईंले बताए ।

‘विगतमा प्रदान गरिएका अनुदानको हामी अनुसन्धान गर्छौ, सम्झौताअनुरुप काम भए/नभएको हेर्छौं । अनुदानलाई दुरुपयोग गरिएको भेटिएका कानुनी दायरामा ल्याउँछु’, उनले भने, ‘अनुसन्धान तत्काल अगाडि बढाउँछु ।’ मार्गचित्रमा कृषकले अनुदान पाएपछि उपलब्धि गरेरनगरेको, अनुदानको सदुपयोग र प्रतिबद्धताअनुसार काम भएरनभएको बारे अनुदानग्राहीका लागि आचारसंहिता बनाउने उल्लेख छ ।

यसैगरी, कृषि तथा पशुपन्छी मन्त्रालयले प्रदेशभित्रका कृषकहरूको तीन तहमा वर्गीकरण गर्ने भएको छ । मन्त्रालयले कृषकको लगानी, उत्पादन क्षमता र आम्दानीलाई दृष्टिगत गरी वर्गीकरण गर्ने तयारी गरेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए । प्रदेशका कृषकहरूलाई व्यावसायिक (हरियो जोन), अर्ध व्यावसायिक (पहेँलो जोन) र निर्वाधमुखी (रातो जाने)मा वर्गीकरण गर्न लागिएको हो । यसअघि बागमती प्रदेशमा कृषकहरूको वर्गीकरण गरिएको थिएन ।

‘म १३ वर्षदेखि किसानी काम गरेको मान्छे हुँ । अहिले पनि मन्त्रीसँगै किसानी काम नै गर्दै आएको छु । कृषकहरूको अवस्था राम्रोसँग बुझेकाले वर्गीकरण गर्दै कृषिक्षेत्रको माग र आवश्यकतालाई निकालेर कार्यक्रम लैजान्छु,’ मन्त्री हुमागाईंले भने ।