
हेटौंडा \ बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसको तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका हुन् ।
नव नियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल लाई सपथग्रहण गराएका छन् ।
त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् । यो संगै बागमती प्रदेशमा मूख्यमन्त्री, १३ मन्त्री र ४ राज्यमन्त्री भएका छन् ।








