
हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा एक पुरुषको शव फेला परेको छ।
अन्दाजी २०-२५ बर्षीय एक युवकको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।
घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको मुचुल्का टोली गइसकेको जनाइएको छ। शव देखीपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शवको पहिचान भइनसकेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक दासले बताए।








