
खबरबाकस \ मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले केन्द्रको सिको प्रदेशमा गरिरहेको बताएका छन् ।
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले प्रश्न उठाएर एमालेका सांसद संसदमा उपस्थिति नभएकोमा पाण्डेले आपत्ति जनाए ।
मूख्यमन्त्री माथि लान्छना बोकेर हिड्नु राम्रो नभएकोले आफ्नो प्रष्टिकरण दिन पाउनुपर्ने बताउँदै आफुले जवाफ दिने कार्यसूची हटाएकोमा प्रश्न गरे ।
उनले सुरूङमार्ग बजेट अभावले स्थगित तर बजेट नहटाएको बताए । बिद्युतीय बस चार्जिङ स्टेसन र राम्रो सडक पूर्वाधार नभएसम्म संचालन गर्न नसकिने बताए । १२९० दिन मूख्यमन्त्री हुने डोरमणि पौडेलले ५६ दिन मूख्यमन्त्री बनेको आफुलाई काम गरेन भनेर प्रश्न गर्नु हास्यास्पद भएको बताए ।
उनले अष्टलक्ष्मी शाक्यकै पालामा १२ वटा मन्त्री रहेको भन्दै एमालेका प्रमुख सचेतक दिपक निरौला नेतृत्वको कार्यदलले मन्त्रालयको संख्याबारे निर्क्यौल गरेको बताए ।








