मुख्य खबरसमाचारफिचर

समिति गठनः आवश्यक अध्ययन पश्चात खानी सञ्चालन हुने

संवाददाता

खबरबाकस \ मकवानपुरको राक्सिराङको वडा नम्बर ४ मा रहेको ढुङ्गा खानीको विवादित समस्याको समाधानका लागि समिति गठन भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा वडा नम्बर ३,४ ५का वडा अध्यक्ष, गाउँपालिकाका स्थित राजनितिक दलका प्रतिनिधि, ऋद्धिसिद्धि सिमेन्ट उद्योगका प्रतिनिधि, जनसरोकार मञ्चका अध्यक्ष गोपाल मुक्तान, युवाको प्रतिनिधि छत्रबहादुर मुक्तान सदस्य रहने र सदस्य सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला हुने गरी समिति गठन गरिएको हो।

समितिले चुनढुङ्गा खानीलाई व्यवस्थित रुपमा सञ्चालन गरी स्थानीय प्रभावित क्षेत्र तथा सरोकारवालाहरुको विविध गुनासो व्यवस्थापन तथा संबोधन गर्नका लागि सहजिकरण तथा समन्वय सािमति गठन गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
खानी क्षेत्रमा विभिन्न समस्या उत्पन्न भए पछि ढुङ्गा उत्खनन तथा ओसारपसार गर्न रोकिएको थियो । बुधबार गाउँपालिकको सभाहलमा सर्वदलीय बैठक बसी छलफल र गुनासो आदानप्रदान गरी उद्योग, वडा अध्यक्ष, राजनितिक दल, स्थानीय युवा र प्रभावित पिडितका साथै सञ्चारकर्मीको उपस्थितीमा बैठक बसेको थियो ।

विगतमा उद्योगले कोठे सम्झौता गरिएको प्रति आपत्ति जनाउदैं नेपाली कांग्रेस सहित अन्यदलहरुले सम्झौतामा भएका १३ बुदें सम्झौता अक्षरस पालना गर्न उद्योगलाई आग्रह गरेको छ ।

उद्योगका प्रतिनिधि गणेशकुमार सिंहले संझौता अनुरुप आवश्यक पहल चालेर काम गर्ने बताएका छन् । स्थानीय युवाहरुले रोजगारको व्यवस्था, छारोधुलो व्यवस्थापन, स्वास्थ्य परिक्षण लगायत प्रभावित क्षेत्रका मानिसलाई उचित घरनिर्माण, रोजगार जस्ता माग गरेका छन् ।

No description available.

बैठकमा सविधान सभा सदस्य गोविन्दराम चेपाङ, जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रमुख प्रशासकीय अधिकृत गुणराज न्यौपाने, सिमेन्ट उद्योगका गणेशकुमार सिंह, वडा नम्बर ४का अध्यक्ष सञ्जय कोइराला, वडा ५ का अध्यक्ष चन्द्र सिं प्रजा, नेपाली कांग्रेसका जिल्ला सल्लाहकार भरत पराजुली, गाउँपालिकाका सभापति विरेन्द्र जिम्बा, एमालेका अध्यक्ष सिंहराम रुम्बा, माओवादी केन्द्रका उपाध्यक्ष इन्द्रबहादुर थिङ, नेकपा (एस)का जिल्ला सदस्य ज्ञानेन्द्र तामाङ, राप्रपाका क्षेत्रीय सहसचिव सर्वश्री मोक्तान, बानियाँ निर्माण सेवाका नवराज खतिवडा जनसरोकार मञ्चका अध्यक्ष गोपाल मुक्तान, युवा सघर्ष समितिका संयोजक छत्र बहादुर मुक्तान, इलाका प्रहरी कार्यालय मनहरी प्रहरी सहायक निरिक्षक विनोद चन्द्र अधिकारी लगायत स्थानीय प्रभावित युवाहरुको सहभागिता रहेको थियो ।

No description available.