मुख्य खबरसमाचारफिचर

मकवानपुरको भीमफेदीमा अनावरण गर्न राखिएको सालिक नै चोरी

संवाददाता

हेटौंडा \  मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ । भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा)अनावरण गर्ने कार्यक्रम रहेको थियो । तर, राति नै साालिक चोरी भएको हो ।

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो । लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो ।

विस १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो । अनावरण गर्न कार्यक्रमका पुगेका प्रमुख अतिथि परराष्ट्रविद् श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका साहित्यकार र स्थानीयवासीले कवि श्रेष्ठको सालिक चोर पत्ता लगाई कारबाहीको माग गर्दै भीमफेदीमा शान्तिपूर्ण जुलुससहित सभा गरेका थिए ।-ईकान्तिपुरबाट