
खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएर शुभारम्भ गरिएको छ । यहाँका बाट १२ वर्ष देखि १८ वर्षसम्मको स्कुले विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रमको शुभारम्भ भएको हो ।
आफुलेनै स्कुले जिवनमा अध्यापन गरेको भुटनदेवी माध्यमिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई उक्त खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिकालाई विद्यालयमै खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका गर्नुभएको हो ।
नेपालभरिमै पहिलो पटक हेटौंडालाई केन्द्र बनाएर बालबालिकालाई खोप दिने कार्यक्रमको सुरु गरिएको मन्त्री खतिवडाले बताउनुभयो । यो खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनका लागि उहाँले सबै बालबालिकालाई आग्रह गर्नुभएको छ । विद्यार्थीहरुलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको बताउनुभयो । सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिर्वाय रहेको र सरकार संग खोप पर्याप्त भन्दै आफ्नो घर, परिवार, छिमेकीहरुलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले यस प्रदेशमा दुइलाख भन्दा धेरै बालबालिकाले कोरोना बिरुद्धको खोप लगाउने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय लगाएत स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








