मुख्य खबरसमाचारफिचर

हेटौंडा भेट्रान्स: उपाधिका लागि एविसी र नागस्वती भिड्ने

संवाददाता

खबरबाकस \ हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधिका लागि एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा यी दुबै टिमले फाइनल खेलका लागि प्रवशे गरेका हुन् । सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४-० गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले, १६ औं मिनेटमा सञ्जय गुरुङले एक/एक गोल गरेका थिए भने ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित भएका छन् ।

No description available.

त्यस्तै, दोस्रो भएको सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेको छ । नागस्वतीले बगर भाइखलक ए लाई २-० गोलअन्तरले हराएको थियो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औं मिनेटमा नरेल लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नरेन लिम्बु भएका थिए ।

सेमिफाइनल खेल सँगै फाइनलमा नागस्वती भेट्रान्स र एविसी पोखराबीच शनिबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।