मुख्य खबरसमाचारफिचर

सहमहामन्त्रीमा मुस्लिमतर्फ फर्मुल्लाह, खस आर्यतर्फ राठौर निर्वाचित

संवाददाता

काठमाडौं \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ ।

फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ । मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्नुभएको छ । मन्सुरले २७७६ मत प्राप्त गर्दा वकिलले १८७१ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै, नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो ।

राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो । किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्‍मेदवारी दिएका थिए ।