
खबरबाकस \ हेटौंडामा जारी सातौं भेट्रान्स कप अन्तरगत शुक्रबार बिहान भएको अन्तिम क्वाटरफाइनल खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ ।
बगरभाई खलक ए र नागस्वती भेट्रान्स बीच भएको क्वाटरफाईनल खेलमा नागस्वती भेट्रान्सको तर्फबाट विजय श्रेष्ठले खेलको आठौं मिनेटमा, निमा लामाले दोस्रो, तेह्रौ, सत्रौ र २३ औं मिनेटमा गोल गरेका थिए भने नरेन लामाले २१ औ र ४९ औं मिनेटमा गोल गर्दै ७ २ को गोल अन्तरमा वियजी बनाउन सफल भएका थिए ।
बगरभाइको तर्फबाट वीरबहादुर गुरुङले खेलको २२ औं र अमित गुरुङले २९ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वतीका निमा लामा घोषित भएका थिए ।

शुक्रबार १ बजे फाइनल प्रवेशका लागि बानेश्वर भेट्रान्स र एबिसी बीच सेमिफाईनल खेल हुनेछ । यस्तै दिउसो २ बजे जोरपाटी भेट्रान्सले नागस्वती भेट्रान्स टिमसँंग खेल खेल्दैछ । पौष ३ गते शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।









