मुख्य खबरसमाचारफिचर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

संवाददाता

काठमाडौं \ नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक   र ​विषमलाल अधिकारी रहेका छन् ।

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ   र गीता कार्की मनोनित भएका छन् ।​

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कुल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।