अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै विमलेन्द्र निधिले २३८ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ ।
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।








