मुख्य खबरसमाचारफिचर

हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक सुरु

आयोजनाहरु प्रदेश सरकार मातहत आए नेपालले फड्को मार्ने: मुख्यमन्त्री पाण्डे

श्रीराम अर्जुन

खबरबाकस \ बागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आइतबारबाट सुर भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले विभिन्न प्रदेश सरकारका अन्तर सम्बन्धलाई गाढा राख्न एक आपसमा सहकार्य, अन्तर सम्वाद र कार्यशैलीका साथै समस्था चुनौतीहरुको विषयमा छलफल गरी बैठक पश्चात एउटा घोषणा पत्र जारी गर्दै संघियतालाई कार्यान्वय गर्न सहज पुग्ने बताउनुभयो ।

उहाँले अन्तर प्रदेशको बैठक समयसमयमा बसे देशको आर्थिक पक्ष सुधारका साथै सामाजिक, औद्योगिक पक्ष र कर्मचारीका कामगर्ने शैलीमा पनि परिवर्तन हुने बताउनुभयो । प्रदेश सरकारको अधिकारमा केही स्थानमा संघीय सरकारका कारण विवादित रहेकोले विभिन्न आयोजना प्रदेश सरकार मातहत गरिए विकास निर्माणमा नेपालले फड्को मारिने बताउनुभयो । उहाँले बागमती प्रदेशको प्रत्येक जिल्लामा सरकारको सम्र्पक कार्यालय खोल्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास प्रधानले बागमती प्रदेश सरकारले संघियताको कार्यान्वयको अभ्यास गर्दै कार्यक्रमको आयोजना गरेको भन्दै देशमा सुशासन कायम गर्न सबै कर्मचारीले सेवा प्रभावकारी ढङ्गले गरी काम गर्ने शैली, विचार र प्रविधिमैत्री भई गम्भिर रुपमा काम सम्पादन गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले अबको मुख्यमुद्दा नै देशको आर्थिक र सामाजिक रुपमा वृद्धि गरी देशलाई सुशासनमा राख्ने रहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाका सचिव यमलाल भूसालले तीन दिन हुने अन्तर प्रदेश बैठकमा प्रदेशको सुशासन प्रणाली, प्रदेश अन्तरगतका सेवा प्रवाह, विपद् व्यवस्थापन, कर्मचारी समायोजन, शासकीय प्रवद्र्धन, स्थानीय तहसँगको सम्बन्ध लगायतका विषयमा छलफल गरिने बताउनुभयो । केन्द्रीय सरकारका मुख्य सचिवसँगको अन्तरसम्वाद, अनुभव साटासाट गरी एक्येवद्धता जारी गरी सातै प्रदेशलाई आर्थिक, सामाजिक, सुशासन क्षेत्रमा साझा एजेण्डा बनाई काम गरिने बताउनुभयो ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल, सातै प्रदेशका प्रमुख सचिवहरु, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, प्रदेशका सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।