मुख्य खबरसमाचारफिचर

देउवाको समूहमा यी नेताहरु उम्मेदवार

संवाददाता

काठमाडौ‌ \ नेपाली कांग्रेसको संस्थापन पक्षले पदाधिकारी सहित ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।

सभापतिमा शेरबहादुर देउवासहित उपसभापतिमा विजयकुमार गच्यदार र पूर्ण बहादुर खड्का रहेका छने भने महामन्त्रीमा डा. प्रकासशरण महत र प्रदीप पौडेल रहेका छन् ।

त्यस्तै, सहमहामन्त्रीहरुमा महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला)लाई उम्मेदवार रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी , श्याम घिमिरे, नारायणबहादुर कार्की, कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी, प्रकाश अधिकारी, गोविन्दबहादुर शाह तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण, नानु बास्तोला, चम्फा खड्का, कान्तिका सेजुवाल, लिला नेपाल र विद्या तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।