
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । नेत्री कोइरालाले प्रकाशमान सिंहको टिमका तर्फबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।
कोइरालाले उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएकी छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए । सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।








