मुख्य खबरसमाचारफिचर

काँग्रेसको महाधिवेशनमा प्रचण्ड,ओली देखि राजेन्द्र लिङदेनसम्म

संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ।  हालै महाधिवेशनबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उद्घाटन समारोहमा सहभागिता रहेको छ । उनी कमल थापालाई हराउँदै निर्वाचित भएका थिए ।

यस्तै, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको छ । यस्तै मालेका महासचिव सीपी मैनालीको पनि सहभागिता रहेको छ ।

यस्तै, भारतीय जनता पार्टीका नेतासहितका विदेशी पाहुनाहरुको पनि सहभागिता रहेको छ।  यसैबीच एमाले अध्यक्ष केपी ओली कार्यक्रम स्थलमा पुगेका छन् ।  यसअघि एमालेको १० औं महाधिवेशनमा सम्बोधनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका थिए ।

No description available.