मुख्य खबरसमाचारफिचर

देउवा समूहबाट बागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

देउवा पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

त्यसबाहेक केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत छन् ।

को-को छन् प्रतिनिधि ?