
खबरबाकस \ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ढुङ्गा खानीको विषयलाई लिएर स्थानीय केही युवाहरुले गाउँनै आतंक हुन गरी देखाएको गुण्डागर्दीशैलीको भत्र्सना गरेका छन् । विगत केही दिनदेखी राक्रिाङ गाउँपालिका वडा नम्बर ४ मा रहेको ढुङ्गा खानीको विषयलाई लिएर स्थानिय केही युवाहरुको जमातले खानीक्षेत्रमा तोडफोड तथा हातहतियार सहित गरिएको बाटो अवरोधले गाउँ विकास नहुने बताएका छन् ।
उनले बाटोमा ढुङ्गा तेर्साएर, बाटो बन्द गरेर स्थानीयहरुको आवातजावतमा पारेको समस्याले सिंगो गाउँनै मर्कामा परेको बताएका छन् । गाउँमा भएको विकृति विसंगतीलाई केहि राजनितिक दलले संरक्षण गरेको भन्दै उनले गुण्डा पालेर राजनिति नहुने बताएका छन् ।
आफुलाई चित्तबुझ्दो नभए गाउँपालिकामा आएर माग प्रस्तुत गर्नुपर्नेमा गाउँमा बाटो बन्द गर्ने, हातहतियार प्रदर्शन गर्ने, सवारी साधन तोडफोड गर्ने, हातपात गर्ने जस्ता क्रियाकलाप भएको हुदाँ तत्काल यस्ता कार्य बन्द गर्न उनले आग्रह गरेका छन् ।
विकट रहेको गाउँमा उद्योगको खानी आएपछि विकासको मुल फुट्दै गरेको अवस्थामा यस्ता कार्यले विकासको काममा बाधा पुगेको बताए । गाउँमा गुण्डागर्दी आतंक भएपछि प्रहरी प्रशासन पुग्दा प्रहरी आंतक भयो भनेर झुटो विज्ञप्ती निकाल्ने राजनितिक दललाई विधि र प्रक्रिया मिचेर उल्टै गुण्डागर्दी आतंक फैलाएको बताए ।
खानीक्षेत्रमा आफु र आफुनिकटले काम गर्न पाए ठिक हुने नपाए अवरोध जनाउने कार्यलाई राजनितिक दलले गरेको संरक्षण माथी कडा रुपमा टिप्पणी गर्दै अध्यक्ष मल्लले भने वडा अध्यक्षले खानी सञ्चालन गर्न आफैं सिफारिश गरेर अनुकुल नहुदाँ बन्द गर्नुपर्ने भन्दै जारी गरिएको विज्ञप्ती प्रतिपनि गाउँपालिकाको आपत्ति रहेको बताए ।
विकट गाउँमा खानी सञ्चालन भएपछि स्थानीय रोजगारी बढेको, सडकसञ्जाल बढेको र गाउँपालिको आयस्रोत तीन महिना २९ लाख र केन्द्रीय सरकारलाई ४ करोड राजश्व बढेको बताउदैं अध्यक्ष मल्लले उद्योग र स्थानीय युवाबीच भएको कोठे गोप्य संझौताले अहिले आएर समस्या उत्पन्न भएको बताए । आफु अनुकुल नहुदाँ उद्योगलाई तर्साएर बन्द गर्न खोज्नुभन्दा पनि उद्योगले गाउँविकासमा के गरेनन् त्यसको कारण नदेखाई आफुखुसी बन्द गर्न खोज्नु जाहेज नभएको उनको तर्क छ ।
गाउँलाई विकासमुखी बनिरहेको बेला डनमुखी उन्मुखतर्फ लागिरहेको हुदाँ जिल्लाका सरोकारवालाहरुको ध्यानाकर्षण हुनपर्ने बताएका छन् । खानी क्षेत्रमा प्रयोग भएका जग्गा विक्री गर्दा स्थानीय युवाहरुकै विचौलिया संलग्न भएकाले अझैसम्म उचित मुल्य हात नपरेको उजुरी पालिकादेखी अदालत सम्म परेको छ ।








