मुख्य खबरसमाचारफिचर

नेपालमा पुष्टि भयो ओमिक्रोन भेरिएन्ट

सुरक्षित रहन सबै नागरिकलाई सरकारको आग्रह

संवाददाता

हेटौंडा \  नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ।

दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनकोे सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।साथै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा भने संक्रमण पुष्टि भएको छैन ।