मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश: दोस्रो चरणको मतदान सुरु

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ ।

निर्वाचन समितिले विहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजे सम्मलाई तोकिएको छ ।

सभापतिमा संस्थापन समूह इन्द्रबहादुर बानियाँ र संस्थापन इतर पौडेल समूहका जगदिश्वर नरसिंह केसीको उम्मेदवारी छ । पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान तेस्रो स्थान भएका थिए । पुनः निर्वाचनमा प्रधानले बानियाँलाई सघाएका छन् ।

बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका छन् ।

अन्य पदमा भने शनिबार नै मतदान भइसकेको छ, गणना हुन भने बाकीँ रहेको छ ।