मुख्य खबरसमाचारफिचर

भीमसेन दासको साथ बानियाँलाई, प्रधान भन्छन् बानियाँलाई मतदान गर्नुस्

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई सभापतिमा तेस्रो स्थान भएका सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले दोस्रो चरणको निर्वाचनमा सहयोग साथ गर्ने भएका छन् । हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब मेरो साथ सहयोग बानियाँलाई रहने बताउनुभयो ।

आफुलाई अमुल्य मतदान गर्ने साथीहरुलाई धन्यवाद दिदैं अब बानियाँलाई सबैले मतदान गरी विजयी गराउन आग्रह समेत गर्नुभएको थियो । एकता र सहमतिको लागि सन्देश दिन मेरो समर्थन बानियाँ रहेको बताउदैं विपीको सिन्द्धातमा रहने आफु जहिले पनि लोकतन्त्रमा विश्वास रहेको बताउनुभयो ।

शनिबार भएको मतदानमा बानियाँले ९९२ मत प्राप्त गरेका छन् भने केसीले ८७२ मत प्राप्त गरेका छन् । त्यस्तै भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका थिए । अब दोस्रो चरणको निर्वाचनमा बानियाँ र जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा हुनेछ ।

No description available.

पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं तामाङ लगायतका नेता तथा प्रनिनिधिहरुको उपस्थिती रहेको थियो ।

निर्वाचन समितिका अनुसार दोस्रो चरणको सभापतिको मतदान साढे ११ बजेबाट सुरु हुने बताएको छ ।