मुख्य खबरसमाचारफिचर

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।

यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।  राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।