मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश: ५१ प्रतिशत पुगेन, सभापतिमा पुनः मतदान हुने

संवाददाता

खबरबाकस \  नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका छन् ।

सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत ल्याएका छन् ।

बढि मत ल्याउने बानियाँले ४८ प्रतिशत मत ल्याए । कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको छ ।
पुनः मतदान आइतबार हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियाे ।