
खबरबाकस \ बागमती प्रदेश नेपाली कांग्रेसको प्रथम अधिवेशनको आज मतदान हुदैं छ । हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुन लागेको मतदान प्रक्रियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुल गेटबाटनै सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्लेले बताए ।
मुलगेटबाट भित्र सचिवालय सम्म प्रचारप्रसारका सामाग्रीहरु टाँगिएको सबै पर्चा तथा व्यानर हटाइएको छ । तीन जना सभापतिको उम्मेदवार रहेकाछन् । सोही अनुरुप जताततै राखिएको व्यानरहरु झिकेर एकै ठाउँमा थुपारिएको छ ।
विभिन्न १० वटा मतदान स्थल बनाएर मतदान गरिने व्यवस्था गरिएको छ । ९ बजेबाट मतदान सुरुहुने कार्यतालिका भएता पनि समय हेरफेर हुने जनाइएको छ । मतपत्र छाप्ने तथा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेका जनाइएको छ ।
मुलगेटमा मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । अधिवेशनमा १२४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २१३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।













