मुख्य खबरसमाचारफिचर

हेटौंडा आइ कांग्रेस नेता केसीको टिम घोषणा,माइकल महामन्त्रीका उम्मेदवार

संवाददाता

हेटौंडा \  आसन्न नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा जगदिश नरसिह केसीले आफ्नो टिमको घोषण गरेका छन। बिहीबार साँझ हेटौंडा आएर केसीले आसन्न कांग्रेसको प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषण गरेका छन ।

उनी नेतृत्व टिमको उप सभापतिमा मोहन बस्नेत,राजेन्द्र बुर्लाकोटी महामन्त्रीमा माइकल रामचन्द्र अर्याल,कंचन चन्द्र बादे रहेका छन। उक्त टिमको सह-महामन्त्री पदका उम्मेदवारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ।

टिम घोषणा कार्यक्रममा उम्मेदवार केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह,कृष्णप्रसाद सिटौला, रामशरण महत,गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन।

कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत भोली( शुक्रबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको छ।प्रदेशको प्रथम अधिवेशनमा २१ सय प्रतिनिधिले मतदान गर्नेछन। अधिवेशन हेटौंडा-१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ।