मुख्य खबरसमाचारफिचर

विभिन्न पन्ध्रवटा कार्यक्रम गरि मनाइयो जेसीस सप्ताह

संवाददाता

खबरबाकस \ जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताह २०२१ अन्तर्गत १५ वटा कार्यक्रम गरि मनाएको छ । ८ गते बुधबार देखि सुरु भएको जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम १५ गते बुधबार साँझ सम्पन्न भएको हो । मकवानपुरका महिला पत्रकारसँग फुटसल प्रतियोगिता गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यता तथा नेपाल जेसीसका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो ।

जेसीज सप्ताह कार्यक्रम अन्तर्गत स्व. बासु प्रसाद पौडेल स्मृति विद्यार्थीलाई पोशाक वितरण र घरेलु सेनिटरी प्याड बनाउने तालिम, स्वागत बोर्ड स्थापना, महिला उद्यमशिलता र स्व. बुद्व रत्न शाक्य समृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, दिव्य सेवा निकेतन आश्रामलाई खाद्यान्न वितरण संसदीय बैठक प्रणाली तालिम, जेसीआई हेटौंडा लेडीद्वारा संरक्षित जेसीज गाउँ घोषणा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, महिला स्लो स्कुटि प्रतियोगीता, महिला मयुरी अटो चालकलाई ट्राफिक नियम सचेतना एवं सेप्टी ज्याकेट वितरण र उद्यमशिलता तालिम सञ्चालन, महिला आत्मसुरक्षा तालिम र लागूऔषध दुव्र्यशनी न्यूनिकरण सचेतना तथा हट वाटर डिष्पेन्सर वितरण गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हो । समापन कार्यक्रममा हेटौंडा जेसीसका अध्यक्ष लिसेन बस्नेत, पूर्व अध्यक्ष राजदेव बानियाँ, वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ अध्यक्ष अनिल अग्रवाल, निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, लेडी जेसीसका पूर्व अध्यक्ष निलम पाण्डे, शुशिला पौडेल, रेश्मी बस्नेत, युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, मकवानपुरका रहेका विभिन्न जेसीसका अध्यक्षहरु, छिमेकी जिल्लाका जेसीसका अध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्षहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी भएकालाई पुरस्कृत गरिनुका साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम लेडी जेसीसका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको थियो ।