
चितवन \ एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका छन् ।मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष ओलीले सहमतिका लागि भन्दै ३०१ जनाको नाम प्रस्ताव गरेका हुन् ।
ओलीले केन्द्रीय सदस्यमा प्रस्ताव गरेका नाममा खुला तर्फ मकवानपुरका कृष्ण दाहाल, खुला महिलाबाट भारती पाठक, जनजातिबाट जुनेली जेष्ठ र बागमतीबाट रामेश्वर राना रहेका छन् ।
बन्दसत्रले अध्यक्ष ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको हो ।
शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार प्रदान गरेबमोजिम ओलीले नाम प्रस्ताव गरेका थिए ।








