मुख्य खबरसमाचारफिचर

अध्यक्षमा मेरो उम्मेदवारी पर्छ : भीम रावल

संवाददाता

चितवन \ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा घोषणा गरेको उम्मेदवारी फिर्ता नहुने बताएका छन् ।

बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले सहमतिका बरेमा अध्यक्ष ओलीले कुनै छलफल नगरेको बताए ।

‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले भने,  ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’

नेपालको संविधान र नेकपा एमालेको विधानले जनतालाई आफ्नो प्रतिनिधि चुन्ने र चुनिने ब्यवस्था गरेकोले त्यस व्यवस्थाप्रति आफू विश्वस्थ रहेको उनले बताए ।

यता नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।