मुख्य खबरसमाचारफिचर

बसामाडीका लामाको दुर्घटनामा मृत्यु

संवाददाता

हेटौंडा \  पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सीमपानीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

गएराति १० बजेतिर ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बसामाडीका प्रमोदकुमार लामाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

मोटरसाइकल चालक हेटौडा १८ का ३८ वर्षका सन्तोष थापा भने सामान्य घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।