
खबरबाकस \ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अब सबै नेपालीले कोरोना विरुद्धको खोप लगाउन पाउनेगरी सरकारले खोप खरिद प्रकृया अगाडि बढाएको बताएका छन्, ।
समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार बिहान हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले सरकारले सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन पुग्ने गरी खरिद प्रकृया अगाडि बढाएको उदघोष गरेका हुन् ।
मन्त्री खतिवडाले डेढ करोड खोप सम्झौता भइसकेको र हालसम्म २ करोड नेपालीले खोप पाएको बताउदै सरकारले अहिले प्रदान गरेको कोरोना खोप १२ वर्ष देखी १८ वर्ष सम्मका लागि लक्षित गरी खोप कार्यक्रम ल्याउने बताएका हुन् ।
छिमेकी राष्ट्र सहित विभिन्न मित्र राष्ट्रहरुको सहयोगमा खोप सहयोग आइरहेको अवस्थामा अब नागरिक खोपबाट बन्चित नहुने बताएका छन् । काठमाडौं उपत्यकामा ५ स्थानमा खोप डेक्स संचालन गरिएकोले मकवानपुरले विकट ठाउँमा खोप डेक्स राखी अशक्त तथा वयोवृद्धलाई खोप लगाउने आवश्यक तयारी रहेको समेत बताएका थिए ।
नेपालमा अझै १५ प्रतिशत नागरिक खोपबारे थाहा पाएर पनि नलगाई बसेको अवस्था रहेको पाइएको बताउदैं मन्त्री खतिवडाले सर्वोच्चको घटनाबारे बर्हिगमनको बाटोमा केन्द्रीत भएर धेरै कुरा आएको छ त्यसको समाधानतर्फ गठबन्धन सरकार लागिपरेको बताउनुभयो ।








