
खबरबाकस \ मकवानपुर फर्निचर व्यवसायी संघको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन शनिबार हेटौंडामा भएको छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
सभाले तीन वर्षको लागि कृष्ण अर्यालको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरिएको छ । भेलाले संघको उपाध्यक्षमा भरतप्रसाद ढकाल, सचिवमा सुष्मा लटौला, कोषाध्यक्षमा हरि कुमार शर्मा लामिछाने चयन भएका छन् ।
संघको सदस्यहरुमा रामकुमार ठाकुर, सरोज अधिकारी, सुबोधजंग थापा, अनिता कुमारी ठाकुर, अर्जुन बहादुर श्रेष्ठ चयन भएका छन् ।

सभामा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, वस्तुगत उपाध्यक्ष राजु अधिकारी, महासंघका महासचिव ओमबहादुर बस्नेत, निर्वाचन अधिकृत मुकुन्दप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।








