
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन भएको छ । प्रतिनिधि सभा क्षेत्र २ को (ख)को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् ।
उनको प्रतिद्धन्दी रामकृष्ण प्रजा पराजित हुन पुगेकाछन् । कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाएका थिए । कालाखेतीको विजयी सँगै उनको प्यानलनै विजयी भएको छ ।
उपसभापतिमा मुक्तिनाथ अधिकारी( १५५) , राजकुमार ब्लोन (२१७), भुवन नेगी (३०४) र रामकुमार वाल्पा थिङ (२५७) आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा नेगी र थिङ विजयी भएका छन् । सचिवमा भने शिद्धलाल लामा ((१७२), रामकृष्ण गुरुङ (१२७), नवराज पौडेल ((२६०) र कृष्ण योन्जन(४४३)को उम्मेदवारी परेकोमा निर्वाचनबाट पौडेल र योन्जन विजयी भएका छन् ।
सहसचिवमा राजेश अधिकारी (१४४), गोपिलाल थिङ (३११), शालिकराम अधिकारी(२५६) र ज्ञानबहादुर घलान(१८३)को उम्मेदवारी परेको थियो । जसमध्ये थिङ र अधिकारी विजयी भएका छन् । प्रदेश अधिवेशनको महिला तर्फ पवित्रा अर्याल (१६६), चन्द्रावती लटौला (१४२), देवकी उप्रेती(२६६), चरिमाया नेगी (२१३), पद्मादेवी श्रेष्ठ(२२१) र यासिका घिसिङ(२४१)को उम्मेदवारी परेको थियो । जसमा उप्रेति, श्रेष्ठ र घिसिङ विजयी भएका छन् ।
खुला प्रत्यक्षतर्फ रत्न बहादुर ब्लोन (२९५), निराजन बर्तौला (२३५), जगनाथ अधिकारी (१२६), सानुबाबु लामा (१६८), कृष्णहरि कालाखेती(२१६), दीपक नगरकोटी (१६८), ज्ञानबहादुर पाख्रिन (१५३), गुणराज स्याङतान (२०३), बलिन्द्र ब्लोन(१६४), निरशंकर लामा(२५३), कविता बर्तौला(२५१ं), वेलबहादुर मुक्तान(२१०),कान्छाराम रुम्बा (२८०), ज्ञानेन्द्र बर्तौला(१९५)को उम्मेदवारी परेको थियो । जसमा कविता बर्तौला, कृष्णहरि कालालाखेती, कान्छाराम रुम्बा, निरशंकर लामा, निराजन बर्तौला, वेलबहादुर मुक्तान र रत्न बहादुर ब्लोन विजयी भएका छन् ।
त्यस्तै, खसआर्य तर्फ प्रह्लाद अर्याल (१६२) र जयन्ती पाठक(२६०)को उम्मेदवारी परेकोमा पाठक विजयी भएका छन् । आदिबासी जनजातिको महिला तर्फ सावित्री थिङ (१८४), संगीता थिङ (२५४), सीता बल(२७४) र जमुना गुरुङ(१४४)को उम्मेदवारी परेकोमा बल र थिङ विजयी भएकी छिन् । खुला तर्फभने टेक बहादुर पाख्रीन (२०५), मित्रलाल मुक्तान(१६१), निजन घलान (२५४), ठुलोकान्छा लामा(२६५), र सागर जिम्बा (२७१)को उम्मेदवार परेको थियो । जसमा घलान, लामा र जिम्बा विजयी भएका छन् ।
दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध भएका छन भने अल्पसख्ंयकतर्फ विन्दु प्रजा (१८४) र विनोदकुमार प्रजा (२५५)बीच भएको प्रतिस्पर्धामा विनोदकुमार प्रजा विजयी भएका छन् ।








