
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन भएको छ । प्रतिनिधि सभा क्षेत्र १ को (ख)को सभापतिमा राजेश बानियाँ (१७७) निर्वाचित भएका छन् । उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्तगरी पराजित हुन पुगे ।
उपसभापतिमा विनोद शर्मा (१६०), शुक्रराज जोशी (१५६), रिना गौतम (९३) र सुभाष न्यौपानेले (७६) मत प्राप्त गरेका थिए । जसमा शर्मा र जोशी विजयी भएका छन् ।
सचिवमा गोकर्ण सुवेदी (१८०), प्रदीप कंडेल (१९२) र विक्रम लामा (१०६) मत प्राप्त गरेका छन् । जसमा सुवेदी र कंडेल विजयी भएका छन् ।
सहसचिवमा एक्का बहादुर मोक्तान (१०४), केदार प्रसाद ढोडारी (१८८) र सानुकान्छा दोङ (१९३) मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।
खुला प्रत्यक्षतर्फ अनुप विश्वकर्मा(६३), अभय श्रेष्ठ(१७०), ऋषिराज बानियाँ (१७७), कालु घलान(१३४), गितानाथ संजेल(६३), गुरुप्रसाद दाहाल (गोपी)(१८७), घनश्याम नेपाल(१३६), चेतप्रसाद गौतम(१२५), दीपक तिवारी(१६१), दीपकलाल खतिवडा (८६), भवनाथ अधिकारी(१४८) र सुनिल गिरी (१९१)को उम्मेदवारी परेको थियो । जसमा अभय श्रेष्ठ, ऋषिराज बानियाँ, गुरुप्रसाद दाहाल, घनश्याम नेपाल, दीपक तिवारी, भवनाथ अधिकारी र सुनिल गिरी विजयी भएका छन् ।
त्यस्तै, खसआर्य महिला तर्फ गिताकुमारी न्यौपाने (१४३), मिना ढुङ्गाना (७४)को उम्मेदवारी परेकोमा न्यौपाने विजयी भएका छन् । खसआर्य खुला तर्फ भरतराज नेउपाने(१४९), माधव प्रसाद न्यौपाने(११४) र रामहरि आचार्य (२०१)को उम्मेदवारी परेको छ । जसमा नेउपाने र आचार्य विजयी भएका छन् ।
आदिबासी जनजातिको महिला तर्फ चिनमाया थिङ (५२) र विमला थिङ(१८१)को उम्मेदवारी परेकोमा विमला थिङ विजयी भएकी छिन् । खुला तर्फभने अर्जुनकुमार थिङ (२१३), डेमिज थापामगर (६५) र महारत्न लामा (२०३)को उम्मेदवार परेको थियो । जसमा थिङ र लामा विजयी भएका छन् ।








