
हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको २ वटा प्रतिनिधिसभा अन्तर्गतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) अन्तर्गत प्रदेशसभाको क्षेत्रीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधीको अधिवेशनको मतदान कार्य सुरु भएको छ।
हेटौंडा-५ अब्बल डाँडा स्थित श्री गणेश पार्टी प्यालेसमा केही समय अघिबाट मतदान कार्य सुरु भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले जनाएका छन।
२६५ प्रतिनिधिले मतदान गर्ने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा सभापतिमा राजेश बानियाँ र रमेश ध्वज कार्की दुई जनाको प्यानल चुनावी मैदानमा रहेका छन। ४ बजेसम्म मतदानको समय तोकिएको र आज साँझै मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत अधिकारीले बताए।
त्यसैगरी दुई जना उम्मेदवार प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन। दलित तर्फ कृष्ण कुमार नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य निर्विरोध निर्वाचित भएको मतदान अधिकृत अधिकारीले बताएका छन ।








