मुख्य खबरसमाचारफिचर

क्षेत्र १ को प्रदेश सभा (क)मा सभापतिमा श्रेष्ठ निर्विरोध

संवाददाता

 खबरबाकस \ मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)मका सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । उपसभापतिमा पनि कमला कुमारी वाइवा र गोपाल बहादुर नेसुर निर्विरोध भएका छन् ।

त्यस्तै सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी पनि निर्विरोध भएका छन् ।

खस आर्य तर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका हुन् । दलित तर्फ अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गता तर्फ रामशरण माझी निर्विरोध भएका छन् ।

प्रत्यक्ष खुला तर्फ भने सात जनाको लागि चाहिनमा १३ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत गणेशप्रसाद हुमागाईले बताए ।

प्रत्यक्ष खुलामा उद्धव सत्याल, गोपाल प्रसाद गौतम, जनक प्रसाद धिताल, तेजप्रसाद घिमिरे, दामोदर दाहाल, ध्रवप्रसाद दुलाल, नवराज खतिवडा, पंकज थापा, बैकुण्ठ प्रसाद ढकाल, मोहन प्रसाद ढकाल, रामप्रसाद अधिकारी, लिलाराज सापकोटा(सन्तोष) र सचित थापाको उम्मेदवारी परेको छ ।