मुख्य खबरसमाचारफिचर

मकवानपुरको क्षेत्रीय अधिवेशनः केही क्षेत्रमा कडा प्रतिस्पर्धा हुने संकेत

संवाददाता

 खबरबाकस \ नेपाली कांगे्रसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरमा प्रदेश सभा क्षेत्रको अधिवेशन हुन गइरहेको छ । मकवानपुरमा प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा क्षेत्र ४ वटा रहेका छन् ।

मकवानपुरमा दशैं अगाडी नै वडा र पालिकाको अधिवेशन भइसकेको छ । आज शुक्रबार ४ वटै क्षेत्रको अधिवेशन हुन गइरहेको कांग्रेस मकवानपुरले जनाइएको छ ।

सभापतिको उम्मेदवारहरुले आफ्नो टिम सहित उम्मेदवारी पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरी चुनावी माहोलमा होमिसकेका छन् । प्रतिनिधि सभा क्षेत्र १ को (क)मा शुसान्त कुमार श्रेष्ठ र (ख) राजेश बानियाँले आफ्नो उम्मेदवारी अघि सारेर टिम सार्वजानिक गरेका छन् । (क)मा श्रेष्ठ बाहेक अरु उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छैनन् भने (ख)को सभापतिमा रमेशध्वज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै, प्रतिनिधि सभा क्षेत्र २ को (क)मा भने सभापतिको उम्मेदवारीले टिम पत्रकार सम्मेलन गरी सार्वजानिक गरेका छैनन् । सभापतिमा खड्ग गोपाली र सुजन गोपालीको उम्मेदवारी रहने जनाइएको छ । संघीय सभापति यतिराज सापकोटाका अनुसार सहमतिका साथ मिलाउने कार्य भइरहेको हुनाले उम्मेदवारहरुको नाम तत्काल भन्न नसकिने बताए ।

यसैगरी (ख)मा भने दुइजना टिमको उम्मेदवारी सार्वजानिक गरिएको छ । सभापतिमा रामकृष्ण प्रजा र रञ्जन कालाखेतीको उम्मेदवारी रहेको छ । उनीहरुले पत्रकार सम्मेलन गरी विहीबार आफ्नो उम्मेदवार पदाधिकारीहरुको नाम सार्वजानिक गरी चुनावी माहोलमा लागेका छन् ।
मकवानपुरमा कांग्रेस भित्रको गुटउपगुटका कारण दुइ समूहबीच चुनाव हुने भएको केही कांग्रेसजन बताउछन् भने केहीले प्रजातान्त्रिक अभ्यासमा जानको लागि भएर चुनाव हुन लागेको बताएकाछन् ।