मुख्य खबरसमाचारफिचर

क्षेत्रीय सभापतिमा प्रजाकाे उम्मेदवारी सहित टिम सार्वजनिक

संवाददाता

खबरबाकस \ मंसिर ३ गते भाेली हुन गइरहेको कांग्रेस मकवानपुरको प्रदेश तहको निर्वाचनका उम्मेदवारले टिम घोषणा सहित उम्मेदवारी टुङ्गयाउने क्रम जारी छ । यसै क्रममा बिहिबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) सभापतिका उम्मेदवार रामकृष्ण प्रजाले आफ्नो टिम सार्वजनिक गरेका छन् ।

हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजाले आफु नेतृत्वको टिम घोषण गरेका हुन् । उनको नेतृत्वमा उपसभापतिमा मुक्तिनाथ अधिकारी र राजकुमार ब्लाेन रहेका छन् । सचिव पदमा भने शिद्धलाल लामा र रामकृष्ण गुरुङ रहेका छन् । सहसचिव पदमा भने राजेश अधिकारी र ज्ञानबहादुर घलान रहेका छन् ।
प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ खुल्ला महिला तर्फ पवित्रा अर्याल, चन्द्रावती लटाैला र चरिमाया नेगीको सदस्य पदका उम्मेदवार रहेको छ ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा रत्न बहादुर ब्लाेन, जगनाथ अधिकारी, सानुबाबु लामा(निर्मल), दिपक नगरकाेटी, बलिन्द्र ब्लाेन, ज्ञान बहादुर पाख्रिन र मनिकलाल रुम्बाको उम्मेदवारी रहेको छ । खसआर्यतर्फ प्रह्लाद अर्याल, आदिबासी जनजातिबाट पूरुषतर्फ टेक बहादुर पाख्रिन, मित्रलाल मुक्तान र वीर बहादुर थिङ रहेका छन् भने महिलातर्फको सदस्यमा सावित्री थिङ र जमुना गुरुङ रहेका छन् । त्यस्तै, दलिततर्फ इन्द्र विक र अल्पसंख्यकतर्फ विन्दु प्रजाको उम्मेदवारी रहेको छ ।