मुख्य खबरसमाचारफिचर

सभापतिमा कालाखेतीको उम्मेदवारी घोषणा सहित टिम सार्वजानिक

संवाददाता

खबरबाकस \ मंसिर ३ गते हुन गइरहेको कांग्रेस मकवानपुरको प्रदेश तहको निर्वाचनका उम्मेदवारले टिम घोषणा सहित उम्मेदवारी टुङ्गयाउने क्रम जारी छ । यसै क्रममा बिहिबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) सभापतिका उम्मेदवार रञ्जन कालाखेतीले आफ्नो टिम सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै कालाखेतीले आफु नेतृत्वको टिम घोषण गरेका हुन् । उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी (राजदुत) र रामकुमार वाल्पा थिङ्ग रहेका छन् । सचिव पदमा भने नवराज पौडेल र कृष्ण योन्जन रहेका छन् । सहसचिव पदमा भने गोपीलाल थिङ्ग (प्रदीप) र शालिकराम अधिकारी रहेका छन् ।

प्रतिनिधिसभा २ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ खुल्ला महिला तर्फ देबकी उप्रेति, यासिका घिसिङ, पद्मादेवी श्रेष्ठको सदस्य पदका उम्मेदवार रहेको छ ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, वेलबहादुर मुक्तान, कान्छाराम रुम्बा, ज्ञानेन्द्र बर्तौलाको उम्मेदवारी रहेको छ । खसआर्यतर्फ जयन्ती पाठक, आदिबासी जनजातिबाट पूरुषतर्फ सागर जिम्बा, निजन घलान र ठुलोकान्छा लामा रहेका छन् भने महिलातर्फको सदस्यमा संगीता थिङ र सीता बल रहेका छन् । त्यस्तै, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोद कुमार प्रजाको उम्मेदवारी रहेको छ ।

टिम घोषणा कार्यक्रममा पार्टीका सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज उप्रेती, मनहरी गाउँपालिकाका सभापति प्रकाश बतौला लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।