मुख्य खबरसमाचारफिचर

ताला तोडेको प्रति कांग्रेसको आपत्ति

संवाददाता

खबरबाकस \ मकवानपुगढी गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेस मकवानपुरगढी समितिले लगाएको ताला तोडेको प्रति आपत्ति जनाएको छ ।

गाउँपालिकाले गरेको विभिन्न क्रियाकलाप प्रति पटकपटक ध्यानाकर्षण पत्र बुझाउदाँ र छलफल पछिको सहमति कार्यान्वयमा नल्याएको भन्दै नेपाली कांग्रेसले गाउँपालिकाको मुल ढोकामा बुधबार ताला लगाएको थियो ।

गाउँपालिकाले सत्यतथ्य बाहिर सार्वजानिक नगरी अधिनायकबाद लाद्ने खेलमा लागेर गुपचुप तवरले आफ्नो कार्य अगाडी बढाएकोले ताला लगाइएको थियो । गाउँपालिका सभापति राजविर मुक्तानले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले कुनै सम्बोधन नगरी प्रहरी प्रशासनको आडमा ताला तोड्ने कार्य गरेकोले त्यसप्रति आपत्ति जनाइएको छ ।

नदिजन्य उत्खनन् र लगाइएको ठेक्काको विषयमा आफ्नो मनखुसी गर्दै आएकोले ताला लगाएको उनले बताए ।

No description available.