मुख्य खबरसमाचारफिचर

राजेश बानियाँ नेतृत्वको टिम घोषणा

संवाददाता

हेटौंडा \  यही  मंसिर ३ गते हुने गइरहेको कांग्रेस मकवानपुरको प्रदेश तहको निर्वाचनका उम्मेदवारले टिम घोषण सहित उम्मेदवारी टुङ्ग्याउने क्रम जारी छ।यसै क्रममा बुधबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) सभापतिका उम्मेदवार  राजेश बानियाँले टिम सार्वजनिक गरेका छन।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष समेत रहेका  बानियाँको नेतृत्व टिमको बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै आफु नेतृत्वको टिम घोषण गरेका हुन ।

उनको नेतृत्वमा उपसभापतिमा  विनोद शर्मा र शुक्र जोशी  रहेका छन् । त्यसैगरी  सचिव पदमा प्रदिप कँडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी न्यौपाने, गिता न्यौपाने महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अचुत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ (महिला)सदस्यमा प्रमिला खतिवडा र पुरुष सदस्यमा रामहरी आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ, दलिततर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।

घोषणा कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार बानियाँले सहमतिको प्रयास भइरहेको र सकेसम्म सहमतिमै कुरा टुङ्गिने कुरामा आफु विश्वस्त रहेको बताए।टिम घोषण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनी,हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौँलागाई लगायतका नेता कार्यकर्ताको  उपस्थिति रहेको थियो ।