
खबरबाकस \ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्वमा आउनुपर्ने कुरा बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समिति दोस्रो सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार उद्योग प्रति प्रतिबद्ध रहेको बताउदै प्रदेश भित्र रहेका सबै औद्योगिक क्षेत्र प्रदेश सरकारको नेतृत्व आउने पर्ने बताएका हुन्, ।
उनले औद्योगिक ऐन र नीति आवश्यक रहेको समेत उल्लेख गरेका छन् । उनले आफु उद्योगी नभएपनि २०४८ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्व छायाँ सरकारको वाणिज्य तथा आपूर्ति मन्त्री रहदाँ आफुले उद्योगी व्यवसायीहरु समस्या, चुनौती र उद्योग क्षेत्रबारे बुझेको बताए ।
“बागमती प्रदेशमा रहेका ४ वटा औद्योगिक क्षेत्रलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्युलाई आग्रह गरेको छु, प्रदेश मातहतमा आयो भने बन्द रहेका उद्योग सञ्चालन गरि सबै उद्योगलाई संरक्षण गरी नियमित संचालन गर्ने वातावरण सिर्जना गरिने बताए । प्रदेश स्तरीय उद्योग निति र लगानी बोर्डको निर्माण गरी विदेशी लगानी भित्र्याउने बताएका छन् ।

महासंघ बागमती प्रदेशका अध्यक्ष सुर्य बहादुर कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय अध्यक्ष श्याम गिरी लगायतकाले आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, मकवानपुरमा कृयाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
एक दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन र सम्मेलनमा बागमती प्रदेशको १३ जिल्लाको २५० प्रतिनिधिको सहभागिता रहेको छ ।








