मुख्य खबरसमाचारफिचर

मकवानपुरगढी गाउँपालिकामा लगाइयो ताला

सहमति नभए नखोल्ने कांग्रेसको चेतावनी

संवाददाता

खबरबाकस \ मकवानपुरगढी गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला लगाइएको छ । बुधबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले कार्यालयमा ताला लगाएका हुन् ।

विगत सात/आठ महिना देखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रिया, त्यसमा देखिएको परिणाम संख्या र घोटला हुन लागिएको राजस्व र पछिल्लो समयमा सोही गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा लगाइएको ठेक्काको विषयमा छलफल गरी सर्वदलीयबाट निर्णय गरिनुपर्ने तर आफुखुसी गरिएको भन्दै कांग्रेसले गाउँपालिकाको मुख्य ढोकामा र नयाँ बनेको भवनको मुल च्यानल गेटमा ताला लगाइएको गाउँपालिका सभापति राजविर मोक्तानले बताए । पार्टीका नेता तथा तरुण दलका नेताहरुको उपस्थितीमा ताला लगाइएको थियो ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई बाहिर निस्कन अनुरोध गर्दै ताला लगाइएको थियो । ताला लगाउदैं सभापति मोक्तानले सञ्चारकर्मी समक्ष गाउँपालिकाले गरेको ज्याजती, गिट्टी बालुवा तथा नदिजन्य पदार्थमा गरिएको भष्ट्रचार गर्न खोजिएको, तरुण युवाबाट सो राजस्व संकलनमा सहयोग गरेको अवस्थामा पनि आफुखुसी अघि बढेको कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुलाई बायस गर्दै बहुमतले निर्णय गरेको भन्दै गाउँपालिकाको विकासमा ज्याजती गरेकोले हामीले बाध्य भएर ताला लगाइएको बताए ।

No description available.

पटकपटक बसेर छलफल गरौं भन्दा हुन्छ भन्ने तर नबस्ने जस्ता कुरा करिब ७/८ महिना देखी भएको बीचमा बसेर गरिएको छलफलका सहमतिहरु कार्यान्वयन नगरेकोले सिंगो कांग्रेस गाउँपालिका समितिले कार्यकक्षमा ताला बगाउन बाध्य भएको बताए । उनले गाउँपालिकाबासीहरुलाई सेवा प्रवाहमा असर पर्न गएकोमा क्षमा माग्दै गाउँपालिकामा भएको अनियमितता र भष्ट्रचारको विरुद्ध यस कार्य गरिएको बताएका छन् ।

यस विषयमा जानकारी लिदाँ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले आफु काठमाडौं कार्यक्रममा रहेको र ५ गते कार्यालय आएपछि सञ्चारकर्मी, सबै राजनितिक दलका प्रतिनिधिहरु राखेर प्रस्ट रुपमा छलफल गरिने बताएका छन् । थप आवश्यक समन्वयको लागि कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई निर्देशन दिइएको अध्यक्ष हुमागाईले बताए ।

No description available.