
खबरबाकस \ हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम मंगलबार समापन गरिएको छ । मकवानपुरका विभिन्न सञ्चारमाध्यममा आवद्द रहेका पत्रकारलाई विज्ञान, वनस्पती अनुसन्धान र विज्ञान क्षेत्रमा पत्रकारिताको माध्यमबाट चलाइने कलम र समाचार लेखन विषय सम्बन्धि लेखन वृद्धि तालिम भएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनमा आइतबार बाट सुरु भएको तालिम आज समापन भएको हो । नास्टका सचिव प्रा.डा महेश कुमार अधिकारीको अध्यक्षतामा तालिमको समापन गरिएको थियो ।
तीन दिने तालिममा विज्ञान र वातारण क्षेत्रमा लामो समय कलम चलाउनुभएका वरिष्ठ पत्रकार केदार शर्मा र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले नेपालमा विज्ञान क्षेत्रको पत्रकारिता, लेखनशैली, खोज मुलक अनुसन्धान, वनस्पती अनुसन्धानका विषयमा आफ्नो अनुभवका साथै कार्यपत्र प्रस्तुती दिएका थिए
नास्टका सचिव नेपालका लागि च्याउको विशेषज्ञ प्रा.डा महेशकुमार अधिकारीले नेपालमा पाइने च्याउ र त्यसको विषयमा गरिएको अनुसन्धानका बारे जानकारी दिनुका साथै नेपालमा रहेका वनस्पती बारे जानकारी दिनुभएको थियो ।
तालिम पश्चात सहभागिको तर्फबाट अम्बिका बस्नेत र बलराम पुडासैनीले आफ्ना भनाइ राख्दै धन्यवाद् ज्ञापन व्यक्त गरेका थिए ।
तालिमका मकवानपुरका २२ जना सञ्चारकर्मीहरुको सहभागीता रहेको छ । समापन कार्यक्रममा टोनी हेगन फाउन्डेसनका प्रा.डा प्रमोदकुमार झा, लेखक बसन्त थापा, वरिष्ठ पत्रकार केदार शर्मा, वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुली, नास्टका प्रवद्र्धन तथा प्रचार महाशादा प्रमुख लुना ब्रज लगायतको उपस्थिती रहेको थियो ।








