मुख्य खबरसमाचारफिचर

फरेष्ट्रीको झाडीमा भेटिएको शवको अझै सनाखत भएन

संवाददाता

हेटौंडा \  सोमबार दिउँसो हेटौंडा-१० फरेष्ट्री क्याम्पसको हाताभित्र रहेको झाडीमा मृत अवस्थामा भेटिएको पुरुषको शवको अझै सनाखत हुन सकेको छैन।

प्रहरीले सनाखत हुन नसकेपछि सञ्चार माध्यम र सामाजिक सञ्चालमा तस्विर राखेर आफन्तको लागि जानकारी दिइएको छ ।

मंगोलियन जस्तो देखिने गहुँ गोरो बर्णको छोटो कपाल भएको,कालो रङ्गको टिसर्ट र बेल्ट लगाएको पुरुषको शव अझै सनाखत हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।

अन्दाजी ३५/४० बर्षको जस्तो देखिने पुरुष घोप्टो परेको अवस्थामा झाडीमा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।